आइएमई डिजिटल सोलुसन लिमिटेडले 'आइएमई पे' मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।
नगरपालिकाले २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा फाइबर विस्तार गर्दा ८५ लाख रुपैयाँ र फ्री वाईफाई डिभाइस जडान गर्दा २५ लाख रुपैयाँ खर्च गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई नेपाल व्यापार संघले ज्ञापनपत्र बुझाएको छ। मन्त्रालयमा मन्त्री रिजालसँग भेटेर २० बुँदे ज्ञापनपत्र संघले बुझाएको हो।
काठमाडौं महानगरपालिकाले करार सेवामा १०० जना नगर प्रहरी जवान माग गरेको छ ।
अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले महानगर अन्तर्गतका विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी कुनै नियम पालन नगरेमा फोन गरेर गुनासो गर्न अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लक्ष्यअनुसार उक्त कार्य सुरु गरिएको हो ।
तोकिएकै समयमा निर्माण सम्पन्न नहुने भएपछि सरकारले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को म्याद थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले आयोजनाको म्याद थप्ने निर्णय गरेको हो ।
राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् ।
कालोसूचीमा पर्नेहरुमा एसएएस कन्स्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी (धुलिखेल निर्माण सेवा र युनिकर्ण कन्स्ट्रक्सन), फेवा नेपाल, कन्या कालिका स्टिल फर्निचर कालोसूचीमा परेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.