अर्थ मन्त्रालयले सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गर्ने भएको छ ।
विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै नेपाल क्लियरिंग हाउस लिमीटेड(एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा उल्लेख्य कारोबार भएको छ ।
सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ १२ र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।
सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व...
मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटर बाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।
बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।
बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी-बोका मात्र बिक्री हुनेछ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो...
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा दरखास्त आह्वान गरेको हो ।
तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता...
© 2026 Cloud Patrika. All Rights Reserved.