सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ ।

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीले आवेदन दिनुपर्ने

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन माग गरेको हो ।

काठमाडौंका २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षकलाई समितिको सदस्य राखिएको छ ।

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा

विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।

भारतमा आँधी-नेपालमा त्रास, ढुक्क भएर धान भित्राउन मौसमविद्को आह्वान

बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ ।

आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् ।

नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपालीको प्रतिव्यक्ति आय १ लाख ६४ हजार

केन्द्रीय तथ्यांक विभागले विहीवार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर (१ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ) पुग्ने अनुमान गरेको हो।

दशैंका लागि १७ लाख मानिस काठमाडौंबाट बाहिरिए

काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो।