दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले आविष्कार केन्द्रलाई ४०...

अब दाँत कोट्याउने सिन्का विदेशबाट आयात गर्नुपर्ने अवस्था रोकिने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

डल्ले च्याउको भाउ घट्यो, गोलभेडा प्रतिकिलो २७ रुपैयाँ (सूचीसहित)

प्रतिकिलो ३२५ रुपियाँ रहेको डल्ले च्याउ आज ४९ रुपैयाँ सस्तो भएर २७६ रुपैयाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको ३० रुपैयाँ तोकिएको छ ।

देशभर ३९ प्रतिशत मात्र धान रोपियो, गत वर्ष भन्दा कम

आइतबारसम्म देशभर ३९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यस पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो ।

चाडबाडमा किसानले पाउने भए भुक्तानी

सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न सर्तसहित ६० करोड रूपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवालयका अनुसार आफ्नो पहलमा अर्थ मन्त्रालयले भदौ १७ गते सर्त सहित ऋणका लागि सहमति दिएको थियो जुन बिहीबार बैठकले स्वीकृत गरेको हो।

कक्षा १२ को परीक्षा तालिका परिवर्तन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ ।

कक्षा १२ को परीक्षा सुरु, ५६ हजारभन्दा बढी ग्रेड वृद्धिमा सहभागी

कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदै छन् । त्यसै गरी ५६ हजार बढीले ग्रेड वृद्धि परीक्षा दिने कार्यालयले जनाएको छ ।

चिया खेतीबारे नेपालमा अब शिक्षण संस्थामा औपचारिक पढाई हुने

नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी शिक्षण संस्थामा औपचारिक पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

काठमाडौंका विद्यार्थीले पाए २ अर्ब बढीको छात्रावृत्ति

महानगरभित्रका भित्र संचालित ४७३ विद्यालयले पेश गरेको विवरण अनुसार शैक्षिक सत्र २०८० मा कुल १८ हजार ४२२ जनाले छात्रावृत्ति पाएका हुन् ।

त्रिविका उपकुलपतिलाई भेट्नका लागि अव क्युआर कोडमार्फत समय लिन पर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्नका लागि अव क्युआर कोडमार्फत समय लिन पर्ने भएको छ । त्रिविले सूचना जारी गरेर उपकुलपती प्राडा केशरजंग...

त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो।