पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई भेट्दै महासंघले के दियो सुझाव ?

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर डेडिकेटेड फिडर तथा ट्रक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन् । लामो समयदेखि यो विवाद रहिरहँदा निजी क्षेत्रको मनोबल बढ्न नसकेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

अर्थमन्त्रीसँग निजी क्षेत्रले के माग्यो ?

निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु पर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच बुधबार भएको छलफलमा महासंघका प्रतिनिधिले अर्थतन्त्र समस्यामा रहेको र आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिए । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

अमेरिकी डलर कीर्तिमानी मुल्यमा पुग्यो

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रिदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ ।

एक वर्षमा ३ लाख भन्दा धेरै पर्यटकले घुमे सौराहा

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएको राससले जनाएको छ ।

मनाङबाट यो सिजनमा मात्र ३२ किलो यार्सा निकासी

मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले लिए दिनभर सचिवहरुसँग ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् ।

सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताको २० करोड सीमा हटाइयो

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

प्रदेश र स्थानीय सडक निर्माण गर्न विश्व बैंकले नेपाललाई दिने भयो...

नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तीय सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरेको हो ।

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देश गरेका हुन् ।