गुजरातमा पर्खाल भत्कियो, कम्तिमा ६ जनाको मृत्यु

भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ जनाको शव निकालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।