अर्थ मन्त्री जनार्दन शर्माको राजिनामा र अर्थसचिव मधुकुमार मरासिनीको अनिश्चित बिदाका कारण अर्थ मन्त्रालयमा नेतृत्वको कुर्सी खाली भएको छ । अर्का सचिव कृष्णहरी पुष्कर समेत यतिबेला अष्ट्रियाको भियनामा छन् ।
अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
करका दर हेरफेरमा चौधरी ग्रुपको समेत संलग्नता भएको आरोपपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले त्यसबारे आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर तिर्न सम्बन्धित क्षेत्रलाई आग्रह गरेको छ ।
पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर...
बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।
सम्झौतापत्रमा विष्ट्रनका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
आगामी मौद्रिक नीतिको सुझाव सङ्कलनका लागि काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासङ्गठनका प्रमुखहरूले यस्तो सुझाव दिएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा...
निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.