बेरोजगारलाई काठमाडौं महानगरले रोजगारी दिने, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह
महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा निर्धारण गरेको हो।
सरकारको बेरुजु ११ अर्ब ३९ करोड, सबैभन्दा बढी स्थानीय तहमा
बिहीबार अर्थमन्त्रालयमा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा उक्त बेरुजु रकम देखिएको हो । प्रस्तुत एकीकृत प्रतिवेदन अनुसार कुल निकासा/खर्च रु १० खर्ब ९३ अर्ब ५५ करोड ६३ लाखको आन्तरिक लेखापरीक्षण भएको छ ।
दोधारा-चाँदनी जोड्ने महाकालीको झोलुङ्गे पुल दैनिक ४ घण्टा बन्द
पप्पु गुरुङ्ग
दोधारा, २७ कात्तिक । महाकाली झोलुङ्गे पुल मर्मतका लागि बिहिबारदेखी आवागमन बन्द गरिएको छ । महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल...
किशोर प्रधान समुहलाई सघाउने सुदुरपश्चिम जिल्ला नगरका अध्यक्षहरुको प्रतिबद्धता
नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।
पोखरामा १ करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बनाउँदै निगम
तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले बिहिबरको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा निर्धारण गरेको हो।
अर्थमन्त्रीलाई चेम्बर अध्यक्षको २२ बुँदे सुझाव
श्रेष्ठले निजी क्षेत्र मूख्यतः ४ वटा बिषयवस्तुमा केन्द्रीत रहेको बताउदै यसमा राजश्व तथा रोजगारी वढाउने, जनताको क्रयशक्ति बढाउने, व्यवसायीक पारदर्शिता वढाइ व्यवसाय पूर्ण क्षमतामा संचालन गर्ने र आर्थिक चलायमान बनाउने रहेको बताए ।
कोरोना रोकथामका लागि ६ अर्ब ८१ करोड निकासा, कहाँ कति खर्च...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो।
निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाउँछौं: अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् ।




























