लकडाउन अवधिमा श्रमिकलाई आधा तलव

आपूर्ति मन्त्रालयको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुबीच बसेको संयुक्त बैठक उक्त निर्णय गरेको हो ।

चीनले १४ जिल्लाका स्थानीय तहलाई दिन लागेको एक्साभेटर यस वर्ष नदिने

नेपालको उत्तरी भेगका १४ जिल्लाका १४ स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक—एक एक्साभेटर प्रदान गर्ने सहमति थियो। कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण देखाउँदै यस वर्ष स्काभेटर उपलब्ध गराउन नसकिने चीन सरकारले जानकारी गराएको छ।

फागुन र चैतको विद्युत महसुल बैशाखसम्म तिर्दा जरिवाना नलाग्ने

प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरे २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था रहेको थियो ।

जिल्लाअनुसार समस्या छन्, वर्गीकरण गरेर काम थाल्नुस्ः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगलाई तत्कालै आवधिक योजना तथा लक्ष्य निर्धारण गरेर काम थाल्न निर्देशन दिएकी छन् ।

एक वर्षमा दुई पटक भत्कियो निर्माणाधीन पुल

गुल्मी, ४ बैशाख । बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३...

एसियाको आर्थिक वृद्धिमा ठूलो असर, ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण

महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने ६० वर्षयता पहिलोपटक शून्यमा आउने आईएमएफले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले कोरोना संकटका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने चेतावनी दिएको थियो ।

विकास समितिले भन्यो – गौरवका योजना अगाडी बढाऊ, सूचना बैंक बनाऊ

गौरवका आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेनटाइन तयार पारी निर्माण कार्यलाई अघि बढाउने सम्बन्धी अध्ययन गर्न र त्यसको आधारमा काम अघि बढाउने व्यवस्था मिलाउनु पर्ने समितिले बताएको हो ।

कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब १ करोड जम्मा

संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।

अर्थतन्त्र चलायमान बनाउन चेम्बरले पेश गर्‍यो १७ बुँदे सुझाव

राज्यको राजस्वको मुख्य स्रोत निजी क्षेत्र भएकोले यसको सम्वद्र्धनले मुलुकको समग्र विकासको लागि योगदान दिने हुँदा यस क्षेत्रलाई संरक्षण गर्न उदारतापूर्वक यस क्षेत्रको मागलाई सम्बोधन गरिनु पर्ने व्यहोरा अनुरोध गर्दै चेम्बरले विभिन्न सुझाव प्रस्तुत गरेकाे हाे ।

पूर्वाधार निर्माणमा फड्को, आर्थिक समृद्धि यात्रामा कोरोनाको ब्रेक

हरेक दिन झण्डै ११ किलोमिटरको दरले सडक कालोपत्र भएको र ठूला आयोजनासमेत अगाडि बढेका थिए । जुन समृद्धिको मार्गका लागि एउटा ठूलो आयामका रुपमा स्थापित हुँदै थियो । माथिल्लो तामाकोशी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सकिँदै थिए ।