अपहरणमा परेकी महिलाको उद्दार,लेनदेनको बिषय नमिल्दा बन्धक बनाइएको खुलासा

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी महिलाको उद्दार गरिएको छ । उनलाई ललितपुरको चाल्नाखेलमा लगेर बन्धक बनाइएको थियो

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनी गर्भबती रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसमा संलग्न एक महिलालाई सोधपुसका लागि नियन्त्रणमा लिएरको छ ।

कोटेश्वरबाट एक जना महिला अपहरणमा, प्रहरी टोली परिचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here