काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । उनी बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओली दाङ जानेछन् ।
उनले आज मध्याह्न दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सदरमुकाम घोराहीमा आयोजित जनसभालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे बर्न अस्पताल
जनसभा शहीदमञ्चमा दिउँसो २ बजे कार्यक्रम राखिएको छ । उनले तुलसीपुरमा होटल उदघाट्न गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङमा रहँदा प्रधानमन्त्री ओलीले कार्यकर्ता र व्यापारी व्यवसायीसँग पनि भेटघाट गरी त्यहाँका समस्या सुन्ने भएका छन् ।