ओरालो लाग्यो नेप्से, कारोबारमा भने वृद्धि

४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ०.९३ अंक घटेको छ ।

सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भएकाे छ ।

आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेकाे छ भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढ्यो ।

त्यस्तै जलविद्युत् ०.०९, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशत बढेका छन्।

बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशत घटेका छन्। चार कम्पनीको मूल्य १० प्रतिशत बढेकाे छ। १० प्रतिशत बढेका कम्पनीमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी छन् ।

त्यस्तै सिन्धु विकास बैंकको ९.६०, सप्तकोशी विकास बैंकको ७.७१, चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशत मूल्य बढेकाे
छ। बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशत घटेकाे छ। दरामखोलाको ४.९१ तथा विकास हाइड्रोपावरको ३.७९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here