६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ विभिन्न स्रोतले महाविर समेत चुनावमा उठ्न लागेको बताइरहेको छ ।
यसको पुष्टी भने भइसकेको छैन । यसअघि सोमबार खेलकुद मन्त्री बब्लु गुप्ता र सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए ।
त्यसअघि कुलमान घिसिङले समेत सरकार छाडेका थिए । नागरिक सरकारमा सहभागी भएर पनि धमाधम राजनीतिमा सक्रिय भएपछि भने उनीहरु प्रति नागरिक स्तरमा आलोचना भइरहेको छ ।
























