यातायात व्यवस्था कार्यालय भक्तपुरले दिँदै आएको सम्पूर्ण सेवाहरु स्थगित

काठमाडौं, १८ असोज । यातायात व्यवस्था कार्यालय भक्तपुरले लाइसेन्स वितरण लगायत सबै सेवाहरु स्थगित गरेको छ ।

कार्यालयका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यातायात व्यवस्था कार्यालयले सूचना निकालेर असोज १८ गतेबाट भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरेको जानाकारी गराएको हो ।

कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवाहरु स्थगित गरिएको जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here