दुई महिनापछि खुल्यो आन्तरिक उडान, १० मिनेटको अन्तरमा उडान भर्ने

काठमाडौं, १७ असार । निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ ।

बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो । कोरोना संक्रमित संख्या घट्दै गएकोले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी उडान खोल्न लागिएको छ।

विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ। नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्।

विमानस्थल कार्यालयका अनुसार हाललाई बुद्ध एयरलाई दैनिक सबैभन्दा धेरै ३१ उडान गर्न दिइने भएको छ । यस्तै, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटीओएलतर्फ उडान गर्नेलाई ३/ ३ उडान स्वीकृति दिइएको छ।

आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ । सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here