सवा २ लाखले अवलोकन गरे ‘क्यान इन्फोटेक’, स्टलमा राखिएको छुट २ महिनासम्म कायम रहने

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर मेला सवा २ लाख जनताले अवलोकन गरेका छन् । सोमबार सम्पन्न भएको मेलामा बैसाख ७ देखि शुरु भएको थियो ।

काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको प्रदर्शनी आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १-२ महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन ।

२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करिव सवा २ लाखजना अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेको आयोजकले जानकारी दिएको हो ।

एसइइ परीक्षा,त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा भैरहेको परिक्षा, कजेलहरुको पूर्वबोर्ड परीक्षा तथा स्थानिय चुनाव तथा यस सम्बन्धि निर्वाचन आयोगको आचार संहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो २ दिन वर्षाको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमि देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा रहेको छ ।

प्रदर्शनीमा स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन ।

इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको उत्कृष्ट स्टलको पुरस्कार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बिआइसि टेक्नोलोजी प्रालिले जितेका छन ।

उत्कृष्ट स्टलको पुरस्कार मूल्य रु.,पचास हजार रहेको छ भने उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सुचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए ।

यो पनि

क्यान इन्फोटेकको पाँचौं दिनः एसोसेरिजका स्टलहरूमा विशेष छूट

क्यान इन्फोटेक चौथो दिनः युवा-पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्यधिक भिड

क्यान इन्फोटेक तेस्रो दिनः अवलोकनकर्ताको आकर्षण बढ्दो, स्वस्तिमा र निश्चल बस्नेतद्धारा अवलोकन

क्यान इन्फोटेक दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

‘सूचना प्रविधिलाई देश विकासको प्राथमिकताको आधारमा लिनुपर्छ’- सञ्चारमन्त्री कार्की

क्यान इन्फोटेकको २७ औं संस्करण शुरु, टिकट शुल्क १ रुपैयाँ

‘क्यान इन्फोटेक’को टिकट पूर्ण डिजिटल, अनलाइनबाट नकाट्नेलाई कार्यक्रम स्थलमै व्यवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here