‘क्यान इन्फोटेक’को टिकट पूर्ण डिजिटल, अनलाइनबाट नकाट्नेलाई कार्यक्रम स्थलमै व्यवस्था

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करण बुधवारदेखि शुरू हुँदैछ ।

काठमाडौंको भृकुटी मण्डपमा वैशाख ७ गतेसम्म १२ गतेसम्म इन्फोटेक चल्नेछ । यस पटकको मेलामा आइएमइ पे मुख्य प्रायोजक र एमसिटी स्मार्ट क्युआर युनियन पे सह–प्रायोजक रहेको रहेका छन् ।

विगतकोभन्दा यसपटकको क्यान इन्फोटेक केही विशेष हुनेछ । क्यान इन्फोटेकको टिकट पूर्ण डिजिटल बनाइएको छ । अनलाइनबाट टिकट नकाट्नेलाई कार्यक्रम स्थलमै डिजिटल टिकट काट्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

यस पटक डिजिटल वालेट आईएमई पे मोबाइल एप प्रयोग गरेर १ रूपैयाँ तिरेर क्यान इन्फोटेक हेर्न सकिने छ ।

क्यान इन्फोटेक caninfotech2022.com मा गएर अनलाइन अवलोकन गर्न सकिने छ । उक्त भर्चुअल प्रदर्शनीका लागि मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल एकाडेमिक पार्टनर, रिबान फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी डीजिटल डिस्प्ले पार्टनर रहेका छन ।

त्यस्तै इन्फोटेकको प्लाटिनम प्रायोजनमा वर्ल्डलिंक कम्युनिकेशन्स, गोल्ड प्रायोजनमा नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज र सिल्भर प्रायोजनमा नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने जनाइएको छ ।

यो पटकको इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोवाइल, आइटी कलेज र नवीनतम सोचमा आधारित रहेर सुचना प्रविधिको क्षेत्रमा अध्ययनरत बिद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने देखिएको छ ।

स्टल बुकिङ्गका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधीका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरुका पछिला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन् ।

त्यसैगरी, आर्टी्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, सुचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने गरि प्रदर्शकहरुले तयारी गरेका छन ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन सन १९९५ देखि बर्षेनी आयोजना हुँदै आएको छ ।

यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्रियाको एक प्लाटफर्म सिर्जना गर्नेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

टिकट शुल्क १ रुपैयाँ मात्रै

मेला आयोजकले अवलोकनकर्ताको संख्या बढाउन प्रवेश शुल्क निकै नगण्य बनाएको छ । महासंघले मेला हेर्न जम्मा १ रुपैयाँ तोकेको र उक्त रकम आइएमइ पेले व्यवस्थापन गर्ने बताइएको छ ।

मेलामा क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा करिब ४ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here