प्रमुख दलहरुका ५ वर्षे आश्वासन कार्ड: रोजगारीदेखि विद्युत छुटसम्ममा हानाथाप

काठमाडौं । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रमुख राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, मजदूर किसान पार्टी लगायतको चुनावी घोषण पत्र सार्वजनिक भैसकेको छ ।

घोषणपत्रमा अधिकांस योजनाहरुमा दलहरुको हानाथाप देखिएको छ । सबैले मूलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिएका छन् । बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर सबैको योजनामा परेको छ ।

ठूला आयोजनाहरू निर्माणलाई प्राथमिकता दिने र निजी क्षेत्रलाई संलग्न गराउने र स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रिय हित अनुकुल हुनेगरी अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्माणको जिम्मा दिनमा पनि सबैको एकै मत देखिएको छ । बिजुलीदेखि खाने पानीसम्म छुटमा पनि धेरैको घोषण मिलेको छ ।

रोजगारीका विषयमा भित्र पनि हानथाप देखिएको छ । जलविद्युत, सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धनमा पनि सबैको एकैस्वर देखिएको छ ।

एमालेले यस्तै २०७४ मा बनेको ओली नेतृत्वको सरकारको ४१ महिनामा गरेको कामहरु ८२ माइलस्टोनका रुपमा चर्चा गरेको छ।

घोषणा पत्रमा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाए २० वटा ग्यारेन्टी काम गर्ने एमालेले योजनाअघि सारेको छ। जसमा स्वास्थ्य, आइटी, विज्ञान प्रविधिलाई मुख्य प्राथमिकता दिइएको छ।

त्यस्तै नेपालमा देखिएको नागरिकताको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने बताएको छ। एमालेले अहिले देशमा देखिएको नागरिकताको समस्या आफ्नो नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै समाधान थाल्ने जनाएको छ।

‘नेपालीलाई मात्र हाम्रा काम हुनेछन्। राष्ट्रिय गौरव बढाउन र सबै नागरिककको जीवनस्तर उकास्न लागिनेछ’, घोषणा पत्र भनिएको छ, ‘सरकार गठन भएको एक महिनाभित्र वंशजको नागरिकता दिइनेछ।

दुई वर्षभित्र नागरिकता समस्या समाधान गर्ने छौँ। सरकार बनेको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ।’ एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ।

एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाली काँग्रेसले कोखदेखि शोकसम्म भन्ने नारासहित शिक्षा, स्वास्थ्य समाजिक सुरक्षामा सुधार गर्ने संंकल्प गरेको छ ।

६५ वर्ष पुगेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता र ७३ वर्ष माथि तथा ३ वर्षसम्मका शिशु,विपन्न, अपाङता भएका व्यक्तिको निःशुल्क उपचार गर्ने प्रतिबद्धता गरेको छ ।

यसैगरी, विपन्न नागरिकको मृत्यु संस्कारमा १० हजार खर्च दिने तथा निःशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था गर्ने दाबी गरेको छ ।

५ वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गरिसक्ने तथा विभिन्न प्रशारण लाइन निमार्ण गर्ने जनाएको छ । एकघर एकधारा, विभिन्न सिँचाइ आयोजनाहरू निर्माण,इन्टरनेटको पहुँच विस्तार गर्ने संकल्प गरेको छ ।

पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् महत्वाकांक्षी आश्वासन

एमालेको घोषणापत्र: ५ वर्षमा १०० खर्बको अर्थतन्त्र, प्रतिव्यक्ति आय २४ सय डलर (पूर्णपाठ)

५ लाखसम्म बिना धितो ऋण, व्यवसायको बीमा प्रिमियममा ९० प्रतिशत अनुदान (पूर्णपाठ)

राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था

कांग्रेसको घोषणापत्र: उद्योग संरक्षणका लागि कर्जामा फरक व्याज तोक्ने (पूर्णपाठ)

समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि, आत्मनिर्भर अर्थतन्त्रमा जोड(पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here