बसन्त विश्वकर्माको लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा गायक बसन्त विश्वकर्माको नयाँ लोक दोहोरी गीत ‘साईली’ बजारमा आएको छ।

बसन्त विश्वकर्मा युवटुव च्यानलले सार्वजनिक गरेको गीतमा चर्चित लोक दोहोरी शान्तीश्री परियार र गायक बसन्त विश्वकर्माको स्वर रहेको छ।

गीतको शब्द तथा संगीत गायक बसन्तकै रहेको छ भने कोरस भोकलमा राज अर्याल, सनम पुन मगर गायत्री रानामगरको रहेको छ ।

गीतको म्युजिक भिडियोमा बसन्तसहित सनिसा भट्टराई, हिमांशु थापा लगायतको अभिनय रहेको छ ।

निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।

पुरानो मौलिक भाकालाई टपक्कै टिपेर बजारमा ल्याएको गीतमा माया प्रेमको भाव झल्किएको छ । देश परिवर्तन र समानताका लागि हरेक परिस्थितिलाई सामना गर्दा धेरैले देखेका,भोगेका,सुनेका र पढेका कुरालाई विषयबस्तुमा समेटिएको छ ।

लोक दोहोरीका उदाउँदा तारा बसन्त…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here