अर्जुन न्यौपाने
तनहुँको रिसिङ गाँउपालिका १ मा जन्मिएका बसन्त विश्वकर्माको पहिचान आम रुपमा दोहोरी च्याम्पियनमा भाग लिएपछि भयो । तर, उनी आफ्नो गला र कलाका कारण यसअघि नै प्रख्यात भने भइसकेका थिए ।
गीत संगीतमा रुची राख्ने पारिवारिक वातावरण थिएन । तर, यस क्षेत्रबाटै नै देश र समाजको लागि केही गर्छु भनेर यो क्षेत्रमा होमिए । परिवारले उनको रुचीलाई अवरोध गरेनन् । मात्र चिन्ता थियो, पढाई बिग्रेला की भन्ने ।
‘आफ्नो भोगाई जीवनसँग नजिकै रहेका सिर्जन गर्न मनपर्ने रुची र रहरकैका कारण नै म आज यो स्थानमा छु । रुची र दृढ संकल्प भएपछि कुनै पनि कुराले नरोक्दो रहेछ, त्यसको उदाहरण म आफैं हुँ,’ क्लाउडपत्रिकासँग गफिँदै उनले भने ।
आफुमा भएको प्रतिमा सानैमा पहिचान गरिसकेका बसन्त स्कुल जीवनबाट नै सबैको प्यारो बनिसकेका थिए । गाँउको विद्यालयबाट प्राथमिक शिक्षा हाँसिल गर्दा उनले कक्षा ७ मा पढ्दा-पढ्दै भाग लिएको विद्यालय स्तरिय प्रतियोगितानै उनलाई चिनाएको थियो ।
त्यसमा आफुमात्र चिनिएन् फलानोको छोरो भनेर आफ्ना बाबु आमाको समेत नाम राख्न सफल भए । त्यस देखि नेपालमा टेलिभिजनबाट प्रशारण भैरहेको दोहोरी च्याम्पियनसम्म आइपुग्दा उनको चर्चा त्यती नै छ ।
दोहोरी च्याम्पियनको टप-१२ मा को श्रृंखलामा च्याम्पियनमा मायामा विछोड हुनु परेको विषयबस्तुको उडान गर्दै अतिथि कलाकार अञ्जली अधिकारी र जर्जहरुको बरबर आँशु खस्नेगरी गायका उनको दोहोरीको सर्वत्र चर्चा र प्रशंसा भएको थियो ।
समय सान्दर्भिक, सन्देशमूलक शब्दमा खेल्ने बसन्तको दुई दर्जन भन्दा धेरै गीतमा स्वर दिएका छन् । उनको पहिलो गीत भने ‘सितको थोपामा मुनामुना’मा २०७१ सालमा सार्वजनिक भएको हो ।
काठमाडौंको संघर्ष
गीत संगीतको एक फड्को मारिसकेका उनलाई गाउँमै रहँदा काठमाडौंमा गएपछि ठूलो संघर्ष गर्नुपर्दैन् गीत संगीतको लागि राम्रै स्थान पाइन्छ जस्तो लाग्थ्यो । तर सोचेजस्तो सहज भने भएन । गीत संगीतके क्रममा चिनेको गोरखाका भाइ भूवनको आग्रहमा काठमाडौं छिरेको उनको यात्र राजधानीको धेरै दोहोरी साँझमा ठोक्किन पुग्यो ।
यस क्षेत्रमा आफ्ना आफन्त कोही नभएको र त्यस समयमा अग्रज कलाकारहरु कोही नचिनेकाले आफ्नो पेशा जोगाइराख्न, आधारभूत आवश्कता टार्नको लागि दोहोरी साँझ धाउनु पर्ने बाध्यता थियो ।
पहिलेदेखि नै दोहोरी प्रतियोगितामा खप्पिस बसन्त गीत नै गाउन जानेन भनेर जागिरबाटै निकालिने चाँही भएन् तर हेपाइ भने धेरै नै खानु परेको सम्झना उनमा छ । गाउँबाट आउनेहरुको लागि त्यो वातावरण अत्यन्त प्रतिकुल र संघर्षपूर्ण हुने नै भयो ।
तर, जति संघर्ष गरेर भएपनि गीत संगीतमा अघि बढ्छु भन्ने हिम्मत मनमा थियो ।
एउटा गायक कलाकार नै बन्नुपर्छ भन्ने सोचले संघर्ष गरिरहे । यसमा आफ्नो जीवन चल्छ चल्दैन् भन्ने कहिल्यै सोचिन् त्यसको सफलता नै अहिले पाएको छु उनले क्लाउड पत्रिकालाई सुनाए ।
गायकहरुको राम्रै लोकप्रियता भएपनि जीवन निर्वाह यसबाट हुन्छ हुँदैन् दोधारमा रहेका उनलाई यसक्षेत्रबाट अहिले भने खुशी लागेको छ । शुरुवाती दिनहरुमा मलाई जुन हिसाबले हेर्नु भएको थियो आज त्यो भन्दा धेरै माथिबाट हेर्नुभएको छ त्यौ नै सफलता हो ।
एल्बम ‘कुखुराको भाले’ ले नै चिनिएका बसन्त
उनको पहिलो एल्बम ‘सितको थोपा’ले तनहुँ आसपासमा चिनाएको थियो । त्यसबाट नै धेरै स्टेज कार्यक्रम गर्न सफल भएपनि बसन्त भनेर चिनाउने र अत्याधिक रुचाइएको भने २०७६ सालमा सार्वजनि भएको गीत कुखुराको भाले एल्बम कुखुराको भाले एल्बम हो ।
लोक दोहोरी सफलता उनले यसलाई नै मान्ने गरेका छन् । पछिल्लो समय सार्वजनिक भएको गीत आम तीजको गीतपानपाते ऐना चर्चित छन् । उनले गायका गीत बसन्त विश्वकर्मा युट्युब च्यानल मार्फत हेर्न सकिनेछ ।
उनको आफ्नै शब्द संगीत रहेको गीतमा प्रिती आले, राजु ढकाल लगायतले यस गीतमा साथ दिएका छन् । पछिल्लो समय लोक दोहोरीमा चल्न र चलाउनको लागि केही कोहीमा नयाँ टेण्ड भित्राउने होडबाजीले दोहोरो अर्थ लाग्ने शब्द छनोट, छाडापनले विकृती भित्रिएलाकी भन्ने चिन्ता उनलाई छ ।
लोक दोहोरीकोलाई बजार प्रयाप्त
पछिल्लो समय स्टेज कार्यक्रमहरुमा कोरोनाले असर गरेपछि रियालिटी शो, युवटुव च्यानलहरुमा आउने लोक दोहोरी कार्यक्रमहरुले नेपाली संगीतको जर्गेना गरेको छ ।
नेपाली मौलिकता झल्कने खालको गीतहरु सार्वजनिक गर्न सकियो भने लोक दोहोरीको लागि बजार प्रयाप्त रहेको छ । यसको उदाहरको रुपमा पछिल्ला दिनहरुमा सार्वजनिक भएको प्रकाश सपुतको कुरा बुझन पर्छ होस या बिष्णु माझीको चरी जेलैमा हेर्न सकिन्छ ।
नयाँ पुस्तालाई सिकेर, बुझरे, मेहनत गरेर र भविष्य देखिन्छ भने मात्रै यस क्षेत्रमा आउनुपर्छ भन्न चाहन्छन् उनी । रियालीटी शोहरुबाट आएका गायकहरु पनि निकै राम्रा प्रतिभा भएको उनी बताउँछन् । उनीहरुको भविष्य पनि उज्वल छ ।
निरन्तरता पनि हुनुपर्छ । निरन्तरता नभएमा बिचमै हराउने पनि गर्छन् । गायन र सिर्जनशीलता पनि आवश्यक हुन्छ । आफूमा सिर्जनशीलता भएन् भने अरुले दिएको गीतले मात्रै यो क्षेत्रलाई निरन्तरता दिन सकिदैन्, उनी भन्छन् ।
सरकारले संस्कृती मन्त्रालय स्थापना गरे पनि संस्कार र संस्कृतीको जर्गेना भने गर्न सकेको उनले देखेका छैनन । आफ्ना गीतसंगीत र कलासंस्कृतिको मौलिकता जोगाउन सरकारले विशेष प्रयास गर्नुपर्ने उनको भनाइ छ ।