सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीले २०८२ असारसम्ममा भुक्तानी गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाअघि नै राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो।

राष्ट्र बैंकले गत कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जाको मार्गदर्शनमा संशोधन गर्दै व्यवसायीलाई सीमाभन्दा बढिको कर्जा समायोजन गर्न दुई वर्षको अवधि दिएको छ।

व्यवसायीहरूले हाल लिएको चालु पुँजी कर्जा तोकिएको सीमाभन्दा बढी लिएको भएमा आवधिक कर्जा कायम गरेर त्यसलाई समायोजन गर्न सकिने व्यवस्था दिएको छ।

राष्ट्र बैंकले मार्गदर्शन संशोधन गर्दै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणीले यसअघि लिएको ऋण अबको साढे २ वर्ष भित्र ५ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, एक करोडसम्मको चालु पूँजी कर्जाको हकमा सो मार्गदर्शन लागू नहुने व्यवस्था गरेकाे छ । अब १ कराेडसम्म कर्जा दिँदा बैंकले नै निर्धारण गर्नसक्ने गरी संशोधनन गरिएको उनले बताए ।

५ वर्षको अनुमानित कारोबारको विवरण आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरिएको छ । बैंकले कर्जाको निरीक्षण चारपटक मात्र गनुपर्ने व्यवस्था गरेको छ ।

गत भदौ ७ गते मार्गदर्शन जारी गरेर लागू गरेको थियो । कात्तिक १ देखि कार्यान्वयनमा ल्याएपनि ३० गते कार्यान्वयनका क्रममा देखिएका समस्या वा दुविधको जानकारी मागेको थियो । त्यसपछि पनि करिब दुई महिनासम्म सो नीति कायमै राखेर राष्ट्र बैंकले संशोधन गरेको छ

राष्ट्र बैंकले यस नीति मार्फत कर्जाको सीमा निर्धारण गरेको थियो । जसअनुसार २ करोड रुपैयाँसम्म अनुमानित कारोबारको २० प्रतिशत र विशेष अवस्थामा ४० प्रतिशतसम्म कर्जा दिन पाउने सीमा निर्धारण गरेको थियो ।

२ करोड बढीको लागि २५ प्रतिशतको सीमा तोकेको थियो । सरकार परिवर्तनको प्रभाव राष्ट्र बैंकको नीतिमा परेको छ । व्यवसायीले गत भदौदेखि सो दुई वर्षसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै आन्दोलन गदै आएका थिए ।

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरिएका संशोधनमा के- के भए परिर्वतन ? (पूर्णपाठ)

तीन महिना नै टिकेन राष्ट्र बैंकको निर्णय, अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here