संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको हो। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।

उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।

उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।
संसद भवनअघि आत्मदाहको प्रयास गरेका प्रेमले लेखेका थिए-‘देशमा गरिखाने अवस्था नभएकोले मृत्यु रोज्न बाध्य भए’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here