नेपाल राष्ट्र बैैकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुको ४६.४१ प्रतिशत क्षमता उपयोगमा चलिरहेका छन् ।
सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा आधारित क्षेत्रको २ उद्योगमा २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।