नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५२ कम्पनीको ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच भएका छन् ।
योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ।
राहुल भाटिया सादगीका लागि परिचित छन्। फोर्ब्सका अनुसार राहुल भाटिया र उनका पिता कपिल भाटियाको रियल टाइम नेट वर्थ करिब ४.७ बिलियन डलर छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । योसँगै लामिछानेलाई शपथ लिन बाटो खुलेको छ ।
प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।
काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना डोजर चलाएको छ ।
सुनचाँदीको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
नेपाली कांग्रेसका पुस्तान्तरणको प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै पुस्तान्तरणको प्रयास असफल भएको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.