नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखेका छन् ।
गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।
डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फुड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन...
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । १३ जनाको मृत्यु भइसकेको छ ।
सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ...
बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो।
अमेरिकन सकर क्लब इन्टर मियामी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।
यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपूर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ ।
बारामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुरतर्फ गइरहेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान २:३० बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाइ मन्दिर नजिक दुर्घटनामा...
सफल अवतरणसँगै भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनले मात्र सफलतापूर्वक यान अवतरण गराएका छन् । दक्षिणी ध्रुवमा...
© 2026 Cloud Patrika. All Rights Reserved.