मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । यसअघिका विभागका महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभाग महानिर्देशकबिहीन थियो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १०.८३ अंकले बढेर २०३०.८६ विन्दुमा पुगेको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
काठमाडौं । उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ । एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको...
आइएमई पेले विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने अफर ल्याएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएपछि असन्तुष्ट जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्।
आइतबार होली खेलेर पौडी खेल्न गएका तीन जना बालबालिकामध्ये बुधबार बिहान साढे ६ बजे बेपत्ता भएको स्थानबाट अन्दाजी एक/दुई किलोमिटर तल १२ वर्षीया रेखा मगरको शव फेला परेको हो।
काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। केही दिनदेखि भारतको गोवामा हराइरहेकी जेठी छोरी आरती सकुशल भेटिएको मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाकारी गराएका...
नबिल बैंक नेपालको अग्रणी बैंक हो । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । बैंकले २२ लाखभन्दा बढी...
© 2026 Cloud Patrika. All Rights Reserved.