अहिले नुवाकोटको सिसडोलमा ‘डम्पिङसाइट’ छ । ‘इन्सिनरेटर सेल’ राखेर बञ्चरेडाँडामा बनाइएको नयाँ डम्पिङसाइट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि भएन ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँग सामाजिक सञ्जाल मार्फत पौडेलले उक्त आग्रह गरेका हुन् । राष्ट्र बैंकले कुनै पनि व्यवस्था हेरफेर नगरी समीक्षा गरेको छ ।
मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
मौद्रिक नीतिको समीक्षामार्फत ४–१२ करोडको शेयर धितो कर्जामा परिवर्तन हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई यथावत राखेको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका छन्।
अघिल्लो दिनको तुलनामा शुक्रवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।
काठमाडौंको मेयरमा निर्वाचित भएपछि प्रतिस्पर्धी साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गरेकी छिन्।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.