नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ८ महिनामा देशभरबाट एक करोड ६८ लाख ४८ हजार ४३४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।
ग्रीन भेन्चर्स कम्पनीको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।
फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रा लागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ ।
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाइ आज एक समारोहबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।
अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ ।
वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यो सिजनका लागि ७३८ जना आरोहीले आरोहण अनुमति लिएका छन्।
जल तथा मौसम विज्ञान विभागले तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा निर्धारण गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.