पुस १५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकको बोनस शेयर भने सम्बन्धीत कम्पनीकै नाममा रोक्का रहेकाले फुुकुवा भएको खण्डमा सम्बन्धीत कम्पनीमै सम्पर्क राख्न कम्पनीले भनेको छ ।
आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ, मट्टितेल १०.३० रुपैयाँ, हवाई इन्धन ३.३२ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर ९९.१७ रुपैयाँ पैसाले बढेर आएको छ ।
आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी 'होस्टेमा हैंसे अफर' सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ सम्म लागु रहनेछ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलीफोन संवाद भएको हो।
शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ।
युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले यस्तो जानकारी दिएका हुन् ।
तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।
सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।
युद्धकाबीच सोमबार भएको रुस र युक्रेनबीचको शान्तिवार्ता निष्कर्षविहीन सकिएको छ । युक्रेनमाथि रूसी सेनाको आक्रमण गरेको पाँचौं दिन दुई देशका प्रतिनिधिमण्डलबीच बेलारूसमा ५ घन्टासम्म शान्ति वार्ता भएको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.