उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी
अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा विजयी भएका छन् ।
महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक
लुम्बिनीबाट जम्सेर मियाँले १० मत सहित चुनाव जितेका छन्। महासंघमा मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्य बन्न सफल भएका मियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी हेमराज बन्जाडेलाई एक मतले पछाडी पारेका हुन्।
महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षले जिल्ला नगर तर्फबाट अन्तिम मत खसालेका थियो। जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्।
महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी...
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबार विहान ८ बजेदेखि मतदान शुरु भएको छ ।
‘नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन हुनुपर्छ, अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास...
महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा प्रतिद्वन्द्वीप्रति लक्षित गर्दै उनले भने, 'कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।'
ठूला करदातालाई उद्योग परिसंघको सम्मान
अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाई पत्र प्रदान गरे।
‘आर्थिक मन्दीको संकेत देखिएको छ, क्षेत्रगत हिसाबमा सरकारको ध्यान जाओस्’- गोल्छा
महासंघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।
‘सरकार र निजीक्षेत्र मिलेर नै समस्यासँग जुध्ने हो,गच्छे अनुसारको मात्रै अपेक्षा...
सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे । ‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ ।
‘एमसीसीले देशको मुहार छिट्टै फेर्छ, अविलम्ब पास गर्नुपर्छ’ भवानी राणा
पछिल्लो समय एमसीसी पास हुनु पर्छ र पर्दैन भनेर वहसको विषय पनि बनेको छ । सरकारले एमसीसी पास गर्ने मनसाय बनाए पनि धेरैको अवरोधको कारण एमसीसी हालसम्म पास हुन सकेको छैन ।
महासंघको महाधिवेशन शुरू हुँदै, भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले उद्घाटन गर्ने
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यस महाधिवेशनपश्चात विधानतः अध्यक्ष बन्नेछन् । कोरोना भाइरसका कारण करिब ७ महिना पर धकेलिएको महासंघको चुनावमा यतिखेर सबैको ध्यान खिचिएको छ ।