भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान

काठमाडौं, १२ माघ । नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मीलाई सम्मान गरेको छ ।

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दोसल्ला ओढाएर एवं अर्थसचिव मधु मरासिनीले प्रमाणपत्र सहित निर्देशक रेग्मीलाई सम्मान गरे ।

भन्सार विभागमा उत्कृष्ट सेवा तथा रसुवा भन्सारमा हुँदा व्यापार सहजीकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले रेग्मीलाई ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए ।

भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । रसुवा भन्सारसंगै विराटनगनर, विरगञ्ज, महेन्द्रनगर भन्सारमा झण्डै १५ वर्ष विताएका रेग्मीले सेवामा रहँदा उत्कृष्ट कार्य गरेको भन्सार विभागका महानिर्देशक नारायण प्रसाद शर्माले बताए ।

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । आयत रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए ।

अर्थतन्त्रका अधिकांश सुचक नकारात्मक भएसंगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थसचिव मरासिनीको ध्यानाकर्षण गराए ।

८ खर्व ८० अर्व रुपैँया व्यापारघाटा पुगिसकेको भन्दै उनले सरकारी नीति र योजना तथा कार्यन्वयन पाटोको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताए ।

जवाफमा अर्थसचिव मरासिनीले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहेपनि खराव अवस्थामा पुगिनसकेको बताए ।

७ दशमवल ११ प्रतिशतको मुल्यवृद्धि, ८ खर्व ८० अर्वको व्यापार घाटा, रेमिट्यान्समा गिरावाट आएकाले अर्थतन्त्रमा केही चाप वढेको सचिव मरासिनीले स्वीकार गरे ।

कोभिड १९ को दोस्रो लहर पछि आर्थिक गतिविधी स्वभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको मरासिनीले बताए ।

विदेशी विनिमय सञ्चिती केही घटेपनि कम्तिमा ६ महिनालाई आयत धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने अर्थसचिव मरासिनीले बताए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक देखि पुँजीगत खर्चपनि बढेकाले बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हट्दै जाने मरासिनीको भनाई छ ।

सरकाले यो वर्ष लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्ने दावी समेत गर्नुभयो । सरकाले चालु आर्थिक वर्षमा ७प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here