अमेरिका-चीन व्यापार युद्ध , चिनियाँ हरित उर्जामा भन्सार शुल्क अत्यधिक बढायो

काठमाडौं । बाइडन प्रशासनले चीनबाट आयात हुने प्रमुख सामानमा उच्च करको घोषणा गरेको छ। अमेरिकाले आफ्नो जलवायु लक्ष्यहरू पूरा गर्ने उद्देश्यसहित यस्तो घोषण गरेको बताएको हो । विशेषगरी यातायात, स्वच्छ ऊर्जा प्रविधिहरू, कच्चा माल, र इनोभेसनलगायतलाई लक्षित गरेको हो ।

ह्वाइट हाउसको ‘फ्याक्ट सिट’का अनुसार चीनलाई प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति र नवप्रवर्तनसम्बन्धी अनुचित व्यापारिक अभ्यास हटाउन प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रपतिले स्टिल र एल्युमिनियम, सेमीकन्डक्टर, विद्युतीय सवारी साधन, ब्याट्री, क्रिटिकल मिनरल्स, सोलार सेल, शिप टु शोर क्रेन र मेडिकल उत्पादनजस्ता रणनीतिक क्षेत्रमा कर वृद्धि गर्न निर्देशन दिइरहेका छन् । समग्रमा, वृद्धि गरिएको ट्यारिफले वार्षिक आयातमा लगभग १८ अर्ब डलरको असर पार्ने अनुमान गरिएको छ।

चीनसँगको व्यापार तनाव बढाउँदै घरेलु उत्पादन बढाउने प्रयासकाबीच अमेरिकाले चालेको यो पछिल्लो कदम हो । समग्रमा, वृद्धि गरिएको ट्यारिफले वार्षिक आयातमा लगभग १८ अर्ब डलरको असर पार्ने अनुमान गरिएको छ।

यता जो बाइडनले हरित ऊर्जा निर्यातमा बढाएको करप्रति चीनको प्रतिक्रिया आएको छ । चीनका विदेशमन्त्री वाङ यीले भने,’यो निर्णयले संयुक्त राज्य अमेरिकाका केही व्यक्तिहरू आफ्नो एकध्रुवीय आधिपत्य कायम राख्न आफ्नो दिमाग गुमाउने अवस्थामा पुगेका छन् भन्ने देखाएको छ,अमेरिकाले चीनमाथि दमन गर्दैन । उनले भने, अमेरिकाले चीनमाथि गरेको दमनले अमेरिका बलियो छ भन्ने प्रमाणित गर्दैन, बरु अमेरिकाले आफ्नो आत्मविश्वास गुमाइसकेको छ र सुव्यवस्थित छ भन्ने कुरा उजागर गर्छ ।

बाइडन प्रशासनले चीनमा निर्मित विद्युतीय सवारी साधनमा अमेरिकी कर २५ प्रतिशतबाट बढाएर १०० प्रतिशत पुर् याएपछि वाङको यो टिप्पणी आएको हो ।

यता बाइडन प्रशासनले चिनियाँ इभी निर्माताहरूलाई अमेरिकाबाहिर लक गर्ने रणनीति बनाएको देखिन्छ । जबकी चीनमा निर्मित ईभीहरू अन्य विकल्पहरू भन्दा धेरै किफायती पाइएको छ ।

उदाहरणका लागि चिनीया बीवाईडीको सीगल इभीको मूल्य १० हजार डलर हुँदा यता सस्तो टेस्ला मोडेल मूल्य ४० हजार डलर बढी छ । तर उच्च शुल्कले चीनलाई संयुक्त राज्य अमेरिकामा आफ्नो विद्युतीय सवारी आयात गर्नबाट प्रभावकारी रूपमा रोकेको छ। अहिले त्यो दर २५ प्रतिशतबाट बढेर १०० प्रतिशत पुगेको छ ।

ब्याट्री, सेमीकन्डक्टर र क्रिटिकल मिनरल्समा उच्च ट्यारिफले अमेरिकी ईभी उद्योगलाई पनि असर गर्न सक्छ। विद्युतीय सवारीसाधनका लागि ब्याट्री पार्ट्स र लिथियम आयन ब्याट्रीमा लाग्ने कर यस वर्ष ७दशमलव५ प्रतिशतबाट बढेर २५ प्रतिशत पुग्नेछ । गैर ईभी लिथियम ब्याट्रीहरूको लागि समान वृद्धि २० लागू हुनेछ। सन् २०२५ सम्ममा चीनबाट आउने सेमीकन्डक्टरको शुल्क दर दोब्बर भएर ५० प्रतिशत पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here