काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ ।

संक्रमण फैलिन सक्ने रोगबाट नागरिकलाई जोगाउन मन्त्री पौडेलको आग्रह

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरुले आफूहरुले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धिकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए ।

स्कटल्याण्ड युरोकपबाट बाहिरियो

एजेन्सी । स्कटल्याण्ड जितविहीन हुँदै युरोकप फुटबलबाट बाहिरिएको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले पहिलो जित निकाल्दा स्कटल्याण्ड ...

कोस्टारिकासँग बराबरीमा रोकियो उपाधि दाबेदार ब्राजिल

यो बराबरीसँगै ब्राजिल र कोस्टारिका एक–एक अंकसहित समूहको दोस्रो र तेस्रो स्थानमा छन् । अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोस्टारिकाले कोलम्बियासँग खेल्ने छ ।

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग अफगानिस्तान ५६ रनमा अल आउट

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान ५६ रनमै अलआउट भएको छ । टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाए ५६ रन बनाएको हो ।

कोपा अमेरिकाको फाइनलमा पुग्यो अर्जेण्टिना

क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

यूरोकपको फाइनलमा पुग्यो स्पेन, फ्रान्स पराजित

स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो ।

काभा भलिबलको फाइनलमा भारत र नेपाल भिड्दै, प्रधानमन्त्री हेर्न जाने

काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्ने भएका छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पाँच बजे शुरु हुने भएको छ । फाइनलमा नेपालको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत कर्भड हल पुग्ने भएका छन् ।

आज नागपञ्चमी, के छ महत्व ?

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ ।

प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण, जनही ३ लाख प्रदान

साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।