अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा पराजय पछि राजीनामा दिन मनस्थितिमा पुगेका उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले धनुषा-१ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् ।
आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजे पद तथा सपथ ग्रहण
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ ।
सुनसरी-४ मा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दीपककुमार साह निर्वाचित भएका छन् । रास्वपा उम्मेदवार साहले ४२ हजार ७४१ मत प्राप्त गर्दै विजेता बनेका छन्।
रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.