मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्।
इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।
इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(युएई)मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ ।
इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाकाे मृत्युु भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ।
इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको दाबी गरिएको छ ।
सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपालीहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।
अमेरिका र इसराइलकाे हमला पछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जबाफी हमला गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.