भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

विदेशी मुद्राको विनिमय दर

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन

विगतका वर्षहरुमा जस्तै चालु चालु आर्थिक वर्ष २०८०/८१ मा पनि पूँजीगत (विकास) खर्चको अवस्था दयनीय रहेको छ । चालु आवको ११ महिना बितिसक्दा आधा पनि बजेट खर्च हुन नसकेको हो ।

आईएमई समूहले निर्माण गर्ने मध्य-कालीगण्डकीमा लगानी जुट्यो, नबिलको नेतृत्वमा ६ बैंकको...

परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको छ । हिउँदयामको विद्युत् ८.४० रुपैयाँ र वर्षायामको विद्युत् ४.८० रुपैयाँमा बिक्री गरिनेछ । आयोजनाबाट वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन भई २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ ।

नेपालमा थप लगानीका लागि ओपेक फण्डसँग अध्यक्ष ढकालको आग्रह

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएको महासङ्घले जनाएको छ । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे।

उद्योग परिसंघ र बेलायती राजदूत बीच आर्थिक सम्बन्ध विस्तारमा छलफल

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताए ।

नौबिसे–मलेखु खण्ड १५ दिनसम्म रातमा बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ ।

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै

मौद्रिक नीति सार्वजनिक हुँदैछ । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति अघिल्लो साता रोकिएको थियो ।

बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्न एफएनसिसिआई अध्यक्ष ढकालको आग्रह

ढकालले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्न सक्ने बताए ।

नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न

समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए ।