आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि

निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गरे ।

लघुवित्त समस्या समाधान गर्न गठित समितिले के दियो सुझाव ?

प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने तथा राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघु वित्त वित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ । सरकारले बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीलाई कठिनाइ भएको भन्दै बचत तथा ऋण सहकारी संस्थाबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

एक वर्षमा साढे ८ अर्ब विदेशी लगानी भित्रियो, वृद्धि ६ प्रतिशत

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष यस्तो लगानी ६.२ प्रतिशतले बढेको हो ।

नाडा अटो शो आजबाट सुरु हुँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।

कहिलेबाट खुल्छ चाडबाड लक्षित सहुलीयत बजार ?

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको छ ।

‘अत्याधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन...

निजी क्षेत्र प्रवद्र्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ ।

बहुवर्षीय स्रोत सहमति विवरण उपलब्ध गराउन अर्थको ताकेता

अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बैठक गरी अर्थले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको यकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

डक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम बन्द

निरन्तरको वर्षापछि नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम बन्द भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउन पहल भइरहेको जानकारी दिए।

त्रिशूलीमा बेपत्ता बसको खोजीमा आजबाट ठूला चुम्बक प्रयोग गरिँदै

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । खोजी कार्य भने जारी छ । एक सातायता भारतीय टोली समेत खोजीमा सक्रिय छ ।