कोरोनाले एक तिहाइ नेपालीको जीविका संकटमा, रोजगारी गुमाउने सुदूरपश्चिममा धेरै

फाइलफोटो

काठमाडौं, २३ कात्तिक । कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञाको अवधिमा देशभर एक तिहाइ नेपालीको जीविका संकटमा परेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले तयार पारेको रिपोर्टअनुसार उक्त अवधिमा ३१.२ प्रतिशत नेपालीको आम्दानी घटेको देखाएको हो । जसमा ११ प्रतिशतले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको रिपोर्टले देखाएको छ ।

उनीहरू काम गर्ने होटल, रेस्टुराँ, आतिथ्य, थोक तथा खुद्रा व्यापारहरूमा कोभिडले प्रभावित पारेको छ, ती सेवा क्षेत्रहरू बन्द छन्,’ रिपोर्टमा भनिएको छ ।

रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हुन् गएको हो । रोजगारी र आय-आर्जन गुमाउनेहरूको अनुपात सुदूरपश्चिम र प्रदेश नं १ सबैभन्दा बढी रहेको यो अध्ययनले देखाएको छ ।

अध्ययनमा सहभागीहरूमध्ये सुदूरपश्चिमका १९.३ प्रतिशतले विगत तीन महिनामा आफ्नो रोजगारी गुमेको बताएका छन् भने सोही प्रदेशका ३८.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएका छन् ।

बागमती प्रदेशका १०.६ प्रतिशतले रोजगारी गुमेको, २८.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएका छन् भने कर्णालीका ७.७ प्रतिशतले रोजगारी गुमेको र ३२.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश नं १ का १८.६ प्रतिशतले रोजगारी गुमेको, ४०.५ प्रतिशतले आयआर्जनमा कमी आएको बताए भने प्रदेश नं २ का १४.१ प्रतिशतले रोजगारी गुमेको र ३८.३ प्रतिशले आयआर्जनमा कमी आएको बताएका छन् ।

बागमती प्रदेशका १०.६ प्रतिशतले रोजगारी गुमेको, २८.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएका छन् भने कर्णालीका ७.७ प्रतिशतले रोजगारी गुमेको र ३२.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

यसरी नै लुम्बिनी प्रदेशका ७.६ प्रतिशतले रोजगारी गुमाउँदा २९.१ प्रतिशतले आम्दानी गुमाएका छन् भने सबैभन्दा कम असर गण्डकी प्रदेशमा परेको अध्ययनले देखाएको छ । गण्डकी प्रदेशका ६.७ प्रतिशतले मात्र रोजगारी गुमेको र १९.१ प्रतिशतको आम्दानीमा कमी आएको प्रतिवेदनमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here