देशभरका २२ वटा विमानस्थलमा उडान ठप्प, किन उड्दैनन् जहाज ?

काठमाडौं,२४ माघ । नेपालमा रहेका ५४ मध्ये २२ विमानस्थल बन्द अवस्थामा रहेका छन् ।

यीमध्ये केहीमा उडान भएर बन्द भएको हो भने कतिपयमा परीक्षण उडान नै सुरु भएको छैन। ३०/४० वर्ष अगाडि उडान सुरु भएका कतिपय विमानस्थनमा पनि हाल उडान ठप्प छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको तथ्यांक अनुसार अहिले नेपालमा रहेका कुल ५४ विमानस्थलमध्ये ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् ।

विमानस्थलहरु भौगलिक कठिनाई, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

सञ्चालनको प्रयास जारी

प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार सरकार अहिले नेपालका सबै विमानस्थलहरु सञ्चालन गर्ने तयारीमा लागिरहेको छ । यसको लागि सरकारले रनवे निर्माण तथा अन्य विभिन्न प्रकारका पूर्वाधार निर्माणको लागि सरकारले काम गरिरहेको छ ।

यसको लागि सरकारले आगामी पाँच वर्षमा राष्ट्रिय स्थरका विमानस्थलहरुको पूर्वाधार निर्माणको लागि ४६ अर्ब भन्दा धेरै रकम छुट्याईको छ ।

विमानस्थलको पहुँच भएपनि सञ्चालन नहुदाँ स्थानियहरु पिडामा परेको भन्दै सरकारको अबको पहिलो लक्ष्य यी विमानस्थलहरु लाई सञ्चालन योग्य बनाउनको लागि समेत काम भईरहेको तथ्यांकले देखाएको छ ।

सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको छ । त्रिभुवन, निजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेको छ । यस सँगै पोखरा क्षेत्रिय विमानस्थल पनि निर्माण भइरहेको छ ।

हाल गौतमबुद्धको भौतिक प्रगति ८५ प्रतिशत र ५५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती गर्ने विभिन्न कार्य सकिएको छ भने केही काम गर्न बाँकी रहेको बताइएको छ । नीजगढ विमानस्थलको भने जग्गा अधिग्रहणको र मुआब्जा दिने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको पनि निर्माण कार्य भइरहेको छ । यो विमानस्थल पनि समायावधि भित्रै सकिने बताइएको छ । देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् ।

यस्तै, रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधी छैन ।

कुन प्रदेशमा विमानस्थलको संख्या कति ?

प्राधिकरणको तथ्यांक अनुसार हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच पुगेको छ ।

उक्त तथ्यांक अनुसार प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् ।

यसका अलवा त्रिभुवन, निजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय विमानस्थल पनि नेपालमा रहेका छन् ।

अन्तराष्ट्रिय विमानस्थललाई मात्रै २ खर्ब ५५ अर्ब

सरकारले अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको लागि निकै ठूलो मात्रामा धनराशी खर्च गर्ने भएको छ । तथ्यांक अनुुसार अन्तराष्ट्रिय विमानस्थलको पुर्वाधार निर्माणमा मात्रै २ खर्ब ५ अर्ब रुपैयाँ खर्च गर्नेछ भने जग्गा अधिग्रहणमा ५ अर्ब रकम खर्च गर्नेछ ।

यसका साथै राष्ट्रिय विमानस्थलहरुको लागि पनि सरकारले आगामी पाँच वर्षमा ८० अर्ब ६० करोड खर्च गर्ने योजना बनाएको छ । जसमा जग्गा अधिग्रहणको लागि ३४.६ अर्ब तथा पूर्वाधार निर्माणमा ४६ अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ ।

आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च

सरकाररले आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च गर्ने तयारी थालेको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here