चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल उपत्यकाको ५ ठाउँ र उपत्यका बाहिर २४ मा सञ्चालन हुनेछ ।

विषाक्त स्यानिटाइजरको बिगबिगीसँगै सरकारद्वारा उत्पादितको माग बढ्दो

औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो ।

काठमाडौंबाट श्रम स्वीकृति बन्द

केही दिनभित्रै सबै कर्मचरीको पीसीआर परीक्षण गरिसकेपछि मात्रै सेवा सञ्चालन गर्ने तयारी विभागले थालेको छ ।

चाडपर्वकै मुखमा जोखिम मोलेरै रोजगारीको लागि भारत जाने युवाको लर्को

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  । खासगरी सुदुरपश्चिमबाट धेरै जसो मानिस आयआर्जनका लागि भारत जान्छन् ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

भदौंको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई विलम्ब शुल्क नलिन निर्देशन दिएका छन् ।

कोरोना महामारीले रोकिएको लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले ?

कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ ।

किन गरियो यो वर्षको पद्मश्री पुरस्कार रद्द ?

पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप लागेपछि प्रश्रितसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताएपछि विवाद सृजना भएको थियो ।

मंगलबार काठमाडौंका यी स्थानमा बिजुली जाने

रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो।

सिद्धार्थ राजमार्ग १६ जिल्लाको विकासका लागि महत्वपूर्ण, ग्रिन प्रविधिबाट सडक विस्तार...

सिद्धार्थ राजमार्ग १६ जिल्लाको गेटवे भएकाले यी जिल्लाहरुको विकासका निम्ती यो राजमार्ग अत्यन्तै जरुरी रहेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।