भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।
भारतीय दूतावासका उपप्रमुखले राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई उक्त रकम हस्तान्तरण गरेकी हुन ।
विभागले कोहि कसैको प्रलोभनमा नपर्न आग्रह गर्दै अनलाइन पुनःश्रम स्वीकृतिको लागि सेवाग्राही आफैँले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएको जानकारी समेत गराएको छ।
पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले नेपालको आर्थिक वृद्धिदर सामान्य रहनेछ । प्रक्षेपण अनुसार सन् २०२१/२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ ।
ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई १८ बुँदे सुझाव दिएको छ ।
उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।
आगलागीबाट प्रत्येक वर्ष नेपालले २ अर्ब भन्दा बढीको नोक्सानी खेपिरहेको छ भने, सयभन्दा बढी मानिसलाई गुमाउनुपरेको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा आगलागीमा परी १७५ जनाको मृत्यु भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.