खुद्रा बजारमा तरकारीको मूल्य थोकको भन्दा दोब्बर महँगो

काठमाडौं, ४ जेठ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञले राजधानी बाहिरका धेरैजसो मानिस बाहिरिएका छन् ।

केहि मानिसहरू घरघरमा बसिरहेका छन् । बजारहरु बन्द नै रहेको छ । अत्यावश्यक पसल केही मात्रामा खुलेका छन् भने तरकारी, दुध डेरीहरु खुल्ला नै रहेको छ ।

काठमाडौं उपत्यकाका लागि तरकारी ढुवानी तथा खरिदबिक्री गर्ने मुख्य थलो कालीमाटी बजारमा पनि त्यति चहल पहल देखिन्न ।

देशकै ठूलो तरकारी तथा फलफूल बजार बन्द रहेको छ । थोक बजारमा प्याकेजिङ गरेर मात्र बिक्री वितरण गरिरहेका छन् । उपत्यकाका धेरैजसो खुद्रा व्यापारीले कालीमाटी, बल्खु बजारबाटै तरकारी लिने र उपभोक्तालाई बेच्ने गर्ने गर्छन् ।

व्यापारीहरू अहिले कोरोना भाइरसको संक्रमणका कारण तरकारी खरिद गर्न कालीमाटी पुग्न नसकेको बताउँछन् ।

कालीमाटी बजारमा तरकारी भाउ हटेको देखिएपनि खुद्रा व्यापारीले कालीमाटी बजारको तुलनामा दोब्बरसम्म भाउ बढाएर बेच्ने गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसारको थोक मुल्य र खुद्रा बजारमा पाईने तरकारीको अन्तर दोब्बर पर्ने गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको गोलभेडा बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ५० देखि ६० रुपैयाँ सम्ममा कारोबार भैरहेको छ । यो मंगलबारको मूल्य सूचीमा आधारित भाउ हो ।

काीमाटीको थोकका ३० रुपैयाँ रहेको तरबुजा ६० रुपैयाँमा बिक्री गरिरहेका छन् । भान्सामा धेरै मात्रामा प्रयोग हुने आल्को भाउ पनि प्रतिकेजी २० रुपैयाँ महँगो रहेको छ ।

समग्रमा अन्य तरकारकिो भाउ पनि केजीको २० देखि ३० रुपैयाँ महँगो पर्ने गरेको छ । प्रतिकेजी ९५ रुपैयाँमा पाइने हरियो भटमासको मूल्य १५० रुपैयाँ सम्मका बिक्री भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here