पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत

नेपाल आयल निगमले फागुन ४ गते शुक्रबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।

बिहीबारदेखि काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने

प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

कुलमान घिसिङविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई आजको लागि सुनुवाई स्थगित भएको हो ।

३५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि सर्भे अनुमति, अनुमानित लागत २३...

बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित १२५ मेगावाट तथा २२५ गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अध्ययनको अनुमति दिएको हो ।

भारतले थप निर्यात अनुमति नदिँदा दशैंमा दैनिक करिब ५ सय मेगावाट...

दशैंमा देश भित्रको आन्तरिक विद्युत खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत खेर गइरहेको छ। दशैंमा विद्युत बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घटेको छ।

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न प्राधिकरणको ताकेता

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान भइरहेका छन् ।

वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जा प्रवर्द्धन गर्न सम्झौता

एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।

पश्चिम सेती र सेती नदी ६ भारतलाई जिम्मा लगाउने अन्तिम तयारीमा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसको सो बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी –६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारत सरकारको कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ ।

पश्चिम सेती र सेती नदी (एसआर) ६ को सर्वेक्षण भारतीय...

भारतको एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाट जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना सर्वेक्षण गर्न अनुमतिपत्र प्राप्त गरेको छ । बिहीबार एक कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।