माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको ऋण सम्झौता, जुट्यो ७ अर्ब ४०...

निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहनेछ ।

युक्रेन युद्ध: विश्व बजार रूसको ग्यास र तेलमा कति निर्भर...

अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेच्दै छ।

सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने, यसरी...

अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशक पदमा जागिर खुल्यो

वैकल्पिक ऊर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभवी हुनुपर्ने छ।

उपत्यकाको यी क्षेत्रमा शनिवार ८ घण्टा विजुली नआउने

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने भएको हो।

अझै अँध्यारोमा चितवनको बाँदरझुला, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता

चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो ।

महसुल नतिर्ने ९ जिल्लाका ३ हजार ७१२ ग्राहहको बिजुली लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन बिच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको हो ।

इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ ।

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच ऋण सुरक्षासम्बन्धी सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेण्टी सम्झौता भएको छ ।

बुढीगण्डकी आयोजनाको सीइओमा प्रदीप थिके नियुक्त

नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो।