पालैपालो सन्दीपको विरोधमा उत्रियो कांग्रेस-‘लोकप्रिय हुँदैमा मुद्दा किनारा नलाग्दै उन्मुक्ति’!

काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान)ले निलम्बन फुकुवा गरी प्रशिक्षणमा फर्काएपछि कांग्रेस नेताहरुले पालैपालो विरोधमा उत्रिएका छन् ।

कांग्रेसका महामन्त्रीहरुपछि उपसभापति पूर्णबहादुर खड्काले बलात्कार घटनाका अभियुक्त लामिछानेलाई मुद्दा किनारा नलाग्दै क्यानले पदमा फर्काएकोमा विरोध गरेका हुन्।

खड्काले लेखेका छन्, ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान्, यो बेग्लै कुरा हो। तर बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन। सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस्।’
सन्दीपको ‘कमब्याक’, टीममा नराख्न कांग्रेसका दुई महामन्त्रीको दबाब

प्रधानमन्त्री ज्यू ! ‘कि सन्दीपलाई बधाई दिनुस्, कि यो प्रकरणमा पनि अदालत कुरौं’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here