नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको २ अर्ब ६५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । बैंकले बुधबार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७८ असोज १ गतेदेखि २०७९ साल असोज १ गतेसम्मका लागि लगानी गर्न लागेको जनाएको हो ।
बैंकले क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९०लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३० लाख रुपैयाँ गरी कूल एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।