ग्लोबल आइएमई बैंकको सेवा २ दिन बन्द हुने भएको छ । बैंक अफ काठमाण्डूलाई आफूमा गाभेर पुस २५ गते एकीकृत कारोबार सुरु गर्नु अघि ग्लोबल आइएमईले २ दिन सम्पूर्ण सेवा बन्द गर्ने भएको हो ।
यसअघि ग्लोबल आईएमई बैंक र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु मेसिा मार्फत जम्मा गर्नसक्ने व्यवस्था गरेको हो ।
बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।
मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।