सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा सहभागी हुने भएको छ। महासंघको आज बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो।