काठमाडौं । सोमबार सेयर परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । आज नेप्से २६५० अंकमा पुगेर बजार बन्द भएको हाे।
प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
भारतकाे तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागी गम्भिर घाईते भएको व्यक्तिलाई उद्दार गर्दै ।
बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा आज पनि सवारीको लामो जाम लागेको छ ।
काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो ।
सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.