गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।
प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ। २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी,...
नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक एक्सक्लुसिभ बैंकिङ पार्टनरको रुपमा नियुक्त भएको छ।
गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल-२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेको नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनसम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदन अनुसार विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल टेलिकमले विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहयोग पुर्याउन निशुल्क ‘पाठशाला सियुजी सिम’ वितरण गर्ने भएको छ।
काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको प्रक्रिया सुरु गरेपछि हालसम्म १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको...
चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।
पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.९५ प्रतिशत थियो ।
गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३ प्रतिशतले बढी हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.